विराटनगर । गणना जारी भएका झापाका २ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेद्वार अगाडि देखिएका छन् । झापाको क्षेत्र नम्बर २ र क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ । प्रारम्भिक नतिजामा दुवै क्षेत्रमा रास्वपाका उम्मेद्वारहरु दोब्बर भन्दा बढि मतले अगाडि छन् ।
झापा क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेद्वार इन्दिरा राना मगरले १५९९ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले २७५ मत पाएका छन् । तेस्रो स्थानमा श्रम सस्कृती पार्टीका केशब कुमार भण्डारीले १२८ मत पाएका छन् । चौथा स्थानमा राप्रपाका उम्मेद्वार भद्रप्रसाद नेपालले १२६ मत पाएका छन् ।
यस्तै झापा ५ मा पनि रास्वपाका उम्मेद्वार बालेन शाहाको दोब्बर मतले अग्रता रहेको छ । सो क्षेत्रमा बालने शाहाले ३१६०, केपी शर्मा ओलीले १३६१ र रञ्जित तामांगले ९० मत पाएका छन् ।













