विराटनगर । सुनसरी १ मा ११ बजेबाट मतगणना हुने भएको छ । अहिले सम्पन्न सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका हर्क साम्पाङ उम्मेदवार रहेका छन् । यस्तै सो क्षेत्रबाट एमालेले टिका मांलेनलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट रास्वपाका तर्फबाट गोमा तमामांग सरिन नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मनोज भट्टराई र काँग्रेसका सुजेन्द्र तामाङ उम्मेदवार बनेका छन् ।  श्रम सस्कृती पार्टीले हर्क सम्पाङलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेको छ ।