सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सुनसरीका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम राखेका छन् ।
सुनसरी–२ मा रास्वपाका लालविक्रम थापा १७ हजार ५७९ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका राजीव कोइराला ६ हजार ८०८ मतसहित दोस्रो स्थानमा रहँदा एमालेका सुजन लामा २ हजार २०६ मतमा छन् ।
श्रम संस्कृती पार्टीका चेतन राईले १ हजार ७६८ मत ल्याउदा नेकपाकी रामकुमारी चौधरीले ३६२ मत प्राप्त गरेकी छन् ।
सुनसरी–३ मा पनि रास्वपाका अशोककुमार चौधरीले २९ हजार ५६७ मतसहित स्पष्ट अग्रता लिएका छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० हजार ८६८ मतमा सीमित भएका छन्।
एमालेकी भगवती चौधरीले ८ हजार ७९४ र नेकपाका दुर्गेश चौधरीले १ हजार ६९ मत पाएका छन् ।
यसैगरी सुनसरी–४ मा रास्वपाका दीपककुमार साह ४ हजार ६ सय ४० मतसहित अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७ सय ५८ मत पाएका छन् भने एमालेका जगदीशप्रसाद कुसियैत १ हजार ५ सय ३७ र नेकपाका महफुज अन्सारी ४ सय ८८ मतमा छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझ समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

















