सुनसरी । झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ४० हजार मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले ५५ हजार ९३० मत पाएका छन् ।


एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर ४० हजार ५२५ रहेको छ । 


पछिल्लो विवरण अनुसार ८८,४४१ गणना गर्दा केपी ओलीको १५ ४०९ मत आएको छ ।


अब गन्न बाँकी १७,९३१ भोट छ । त्यहाँ  १,०६,३७२ मत खसेको थियो ।