सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अशोककुमार चौधरी विजयी भएका छन् ।

चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका छन् । चौधरीले गच्छदारलाई २६ हजार ९२० मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, सुनसरी–३ मा कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेका थिए । तीमध्ये ९५ हजार १८५ मत खसेको थियो । यस परिणामसँगै सुनसरीमा रास्वपाले पहिलो जित दर्ता गर्दै आफ्नो उपस्थिति बलियो बनाएको छ ।