खाेटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खाेटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन्।
उनले १६ हजार ६ सय १२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४ मत प्राप्त गरे। यस्तै नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७ मत ल्याए।
त्यसैगरी नेकपाका हरि रोकाले ९ हजार ४ सय ४३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले ५ हजार ७ सय ४ मत प्राप्त गरेका छन्।
खाेटाङमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ कुल १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए।
यस पटकको निर्वाचनमा श्रम संस्कृति पार्टीका आरेन राईले अग्रता कायम राख्दै अन्ततः जित हात पारेका हुन्।

















