सुनसरी । सुनसरी १बाट हर्क साम्पाङले जिते पछि बालेन शाहले उनलाई बधाई दिएका छन् । अन्तिम नतिजा भन्दै साम्पाङले फेसबुकमा पोष्ट गरेपछि त्यसमा प्रतिक्रिया दिँदै बालेनले तपाई र धरानलाई सँधै माया छ भन्दै बधाई दिएका हुन ।
मतगणनाको नतिजा अनुसार आफु विजयी भएको घोषणा गर्दै फेसबुकमासाम्पाङले लेखेका थिए, “लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश, जय श्रम संस्कृति।”
सोही स्टाटसमा प्रतिक्रिया दिँदै बालेनले, “तपाईलाई सधैं माया थियो, छ र रहन्छ। तपाई र धरानलाई सधैं माया छ।”
पछिल्लो समय साम्पाङले बालेनलाई कडा आलोचना गर्दै आएका थिए ।

















