सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपक शाह जित नजिक पुगेका छन् ।

हालसम्मको मतगणना अनुसार शाहले ३० हजार ६ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले ११ हजार ४ सय ४७ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले ६ हजार २ सय ९५ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका महफुज अन्सारीले २ हजार ४ सय ९४ मत पाउँदा श्रम संस्कृति पार्टीका विष्णु राणाले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको मतगणनामा शाहले फराकिलो अग्रता कायम गरेका छन् । अझै करिब २४ हजार मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुनसरी–४ मा कुल १ लाख ३७ हजार ३ सय ४० मतदाता रहेका छन् । जसमध्ये ८५ हजार ५ सय ४६ मत खसेको थियो ।