सुनसरी । चलचित्र पत्रकार संघ नेपालको सनुसरी अध्यक्षमा सुवास संकल्प निर्विरोध चयन भएका छन् । जिल्ला शाखाको तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि संकल्पको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रबिन राउत, सचिव मनोज दाहाल रहेका छन् । यस्तै सह सचिवमा आरती थापा(रश्मी) र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन् ।
समितिका सदस्यहरुमा रबिना काफ्ले, आ.बी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिव तिम्सिना, एल एन गच्छदार, मोहन अधिकारी , इजन तामाङ र विशाल काफ्ले चयन भएका छन् ।
अधिवेशनले प्रदेश र केन्द्रिय प्रतिनिधि पनि छनौट गरेको छ । जस अन्र्तगत एल एन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराई प्रदेश प्रतिनिधि
छानिएका छन् । यस्तै निर्वतमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा (रश्मी) केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले आगामी कार्यक्रमहरु पारित गरेको सचिव मनोज दाहालले जानकारी दिए । विशेष गरी चलचित्र पत्रकारहरुको क्षमतावृद्धिका लागि तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सचिव दाहालले जानकारी दिए ।
यता नवनिर्वाचित अध्यष सुवास संकल्पले तालिम तथा पत्रकार भेटघाट लगायतका कार्यक्रम आयोजना गर्न मिल्ने हल सहितको जिल्ला शाखा कार्यालय चाँडै सञ्चालनमा ल्याउने प्रतिवद्दता व्यक्त गरेका छन् । नयाँ समितिले राम्रा कार्यक्रम गर्दै सदस्यहरुले दिएको जिम्मेवारीलाई कुुशलतापूर्वक पुरा गर्ने अध्यक्ष सुवासले बताए ।

















