इटहरी । इटहरी ढुवानी एजेण्ट व्यवसायी संघको १९औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन गरिएको छ ।

222

कार्यक्रममा समाज सेवामा योगदान पुर्‍याएको भन्दै रामकुमार सुब्बालाई अभिनन्दन गरिएको थियो भने एथलेटिक्स तथा भेट्रान एथलेटिक्स खेल क्षेत्रमा योगदानका लागि चन्दनलाल चौधरीलाई पनि सम्मान गरिएको थियो ।

333

चित नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

n44

संघको नयाँ अध्यक्षमा केशव गिरी चयन भएका छन् । साथै नवगठित कार्यसमितिको उपाध्यक्षमा सगेन चौधरी, सचिवमा विवेक घिमिरे, सह–सचिवमा राजन कुमार खत्री र कोषाध्यक्षमा निराग गौतम चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा विक्रम मगर, नवराज भट्टराई, चुइन्द्र बस्नेत र अमृत मानन्धर सर्वसम्मत रूपमा चयन भएका छन्।