सुनसरी । मिल्स भेट्रान क्लब छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विजयी सुरुवात गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा पथरी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मिल्स सेमिफाइनलमा पुगेको हो ।
खेलको म्यान अफद म्याच मिल्सका हर्क गुरुङ घोषित भए ।WhatsApp Image 2026-04-06 at 19.49.35
मङ्गलवारको तेस्रो क्वाटरफाइनल खेल एभरेस्ट भेट्रान मोरङले आयोजक हाम्रो इटहरी भेट्रान क्लबको सामना गर्नेछ ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ ।
विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।