सुनसरी । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
पार्टीको सिफारिसका आधारमा प्रधानमन्त्रीले श्रममन्त्री शाहलाई पदमुक्त गरेका हुन्।
मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पार्टी सभापति रवि लामिछानेले फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए।
साहले पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेका थिए। पद मुक्त गरिएका मन्त्री साहको पृष्ठभूमि पनि विवादित नै रहेको थियो । उनी १३ दिनअघि मन्त्रीमा नियुक्त भएका थिए।
यस्तै गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराइएको छ ।
रास्वपा सभापति लामिछानेले स्वास्थ्य मन्त्री मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराएका छन् ।

















