सुनसरी — जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले नयाँ वर्ष लक्षित क्यालेण्डर सार्वजनिक गरेको छ ।

बिहीबार इटहरीमा आयोजित कार्यक्रममा कोशी प्रदेश उद्योग, कृषि तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले क्यालेण्डर विमोचन गरेका हुन् ।

कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित अगुवा, व्यवसायी तथा पर्यटनकर्मीहरूको सहभागिता रहेको थियो ।

sss

सहभागीहरूले सुनसरीसहित कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण र स्थानीय पर्यटन व्यवसाय सशक्त बनाउन यस्ता प्रकाशनले सकारात्मक भूमिका खेल्ने बताएका थिए ।

संघले क्यालेण्डरमार्फत जिल्लाका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्य राखेको अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।