सुनसरी । प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रतुवामाई नगरपलिका–२, घररुचोकस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले आइतबार राति २० लाख भारतीय रुपैँया बरामद गरेको हो ।
५०० दरका ४० बन्डल भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेकाहरूलाई शंका लागी जाँच गर्ने क्रममा त्यसमा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए ।
उक्त झोलाबाट बरामद पैसा आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

















