सुनसरी । कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीको १९ औँ वार्षिक उत्सवको अवसर पारेर उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्ज निवासी कञ्चन देवी यादव रहेकी छन् ।
उनी स्वर्गीय अमर सशस्त्र प्रहरी सहायक हवलदार विनोद कुमार यादवकी धर्मपत्नी हुन् ।
स्वर्गीय यादवले कर्तव्य पालनाकै क्रममा २०६१ फागुन ३२ गते बाँकेको खैरिखोलामा तत्कालीन द्वन्द्वका बेला भएको दोहोरो भिडन्तमा वीरगति प्राप्त गरेका थिए ।
यस्तै इटहरी उमनपा–५ सुनसरी निवासी शारदा अधिकारी खड्कालाई पनि सम्मान गरिएको छ ।
उहा स्व. विष्णु खड्काको धर्मपत्नी हुनुहुन्छ । विष्णुको २०६१ असार २० गते दाङ जिल्लाको धनौलीमा तत्कालीन द्वन्द्वको समयमा दोहोरो भिडन्तमा परी निधन भएको थियो ।
यसैगरी इटहरी निवासी कमल सुब्बा समेत सम्मानित हुनुभएको छ । उहाँ स्व. हरिमान लिम्बुका बुबा हुनुहुन्छ ।
कमल सुब्बा जिल्ला बाजुरा साबिक बुढीनन्दा गाविस वडा नं. ७ स्थित पाण्डु सेन तत्कालीन माओवादी विद्रोही सँग दोहोरो भिडन्तमा प्रतिकार गर्दै गर्दा बहादुरी पूर्वक वीरगति प्राप्त गर्नुभएको थियो ।
यसैगरी राम धुनी न.पा.–८ सुनसरी निवासी काशीराम चौधरी पनि सम्मानित हुनुभएको छ ।
उहाँ स्व. अमर सप्रह अचलाल चौधरीका बुबा हुनुहुन्छ । अचललालले जिल्ला नुवाकोट शिवपुरी गा.पा.–८ स्थित माओवादी विद्रोहीसँग दोहोरो भिडन्तमा प्रतिकार गर्दै गर्दा बहादुरीपूर्वक वीरगति प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मनिष थापा र गणका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार कार्कीले उत्कृष्ट काम काम गर्ने प्रहरीहरूलाई पुरस्कृत तथा सम्मान गरे ।

















