सुनसरी । बजेट वितरण असमान भएको भन्दै सुरुभएको विवाद उत्कर्षमा पुगेपछि आजका लागि बोलाइएको प्रदेशसभाको बैठक तेस्रो पटक स्थगित गरिएको छ । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेटमाथि चुलिएको विवाद सुल्झनुको साटो उत्कर्षमा पुगेको छ । 

सत्तापक्षबीच नै बजेट संशोधनको मोडालिटीमा सहमति जुट्न नसकेपछि बैठक फेरि स्थगित गरिएको हो।


बजेट प्रस्तुत भएपछि कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित हुन पुगेको हो। बजेट असन्तुलित, मन्त्री केन्द्रित र वितरणमुखी भएको भन्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै सांसदहरु असन्तुष्ट हुँदै आएका छन् । 


सत्तारुढ सांसदहरूले संसद चल्न नदिने अडान राखेपछि विवाद समाधानका लागि ६ सदस्यीय संयुक्त कार्यदल बनाइएको थियो। तर, उक्त कार्यदलले पनि समयमै ठोस सहमति जुटाउन नसकेपछि अन्ततः आजका लागि तय गरिएको बैठक स्थगित गरिएको हो ।