विराटनगर । कोशी प्रदेश सरकारले सवारी साधन कर तथा जरिवानामा विभिन्न छुट सुविधा दिएको छ । आर्थिक ऐन, २०८३ को अनुसूची–२ अनुसार  प्रदेश राजस्व कार्यालय, इटहरीले सर्वसाधारणलाइ सूचीत  गरेको छ । 

कार्यालयका अनुसार तीन वर्षभन्दा बढी अवधिदेखि सवारी साधन कर नतिरेको वा ब्लु–बुक नवीकरण गर्न बाँकी रहेको अवस्थामा तीन वर्षभन्दा अघिको अवधिको जरिवाना मात्र छुट हुनेछ।

त्यस्तै, २० वर्ष आयु पूरा भई स्क्र्यापमा गएको, दुर्घटनामा परी सञ्चालनमा नरहेको वा पाँच वर्षभन्दा बढी अवधिदेखि सवारी कर नतिरेका सवारी साधनको दर्ता खारेज वा लगत कट्टा गर्दा आर्थिक वर्ष २०८३र८४ को एक वर्षको सवारी कर बुझाएमा बाँकी कर, दस्तुर तथा जरिवाना छुट हुने व्यवस्था गरिएको छ।