काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भइरहेको ओमानविरुद्ध खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
शुक्रबारको खेलमा सन्दीपले ओमानका अदिल शफिकलाई आउट गरेपछि उक्त कीर्तिमान कायम गरेका हुन् ।
यसअघि अफगानिस्तानका खेलाडी राशिद खानले बनाएको ४४ खेलमा १०० विकेट कीर्तिमान उनले तोडेका हुन् ।
सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडिआई खेलेर सन्दीपले ओडीआईमा डेब्यु गरेका हुन् ।