विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा भएको प्रदर्शनका क्रममा मृत्यु भएको पदम लिम्बु लाजेहाङ्गको श्रद्धाञ्जली सभामा झडप भएको छ ।विराटनगरको रोड शेष चोकमा गरिने भनिएको श्रद्धाञ्जली सभामा आएका पहिचान वादीहरूले प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो । लिम्बुको शव सहित आएका प्रदर्शनकारीलाई मुख्यमन्त्री कार्यालय तर्फ जान प्रहरीले रोकपछि प्रहरी माथि ढुङ्गा तथा लाठी प्रहार भएको थियो ।
प्रहरी माथि लाठी र ढुङ्गा हान्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शन कारीले प्रहरीले राखेको काँडे तार समेत भत्काएका छन् । उनीहरूले प्रहरीलाई ढुङ्गा हान्न थालेपछि केही बेर रोड शेष चोक क्षेत्र तनावग्रस्त बनेको छ ।