इटहरी । विद्यार्थीहरु आफैले तयार गरेका सामाग्रीहरुको प्रर्दशनी गरिएको छ । इटहरी ३ मा रहेको सनसाइन इङलिश बोर्डिङ स्कुलका विद्यार्थीहरु आफैले लगानी गरि तयार गरेका तथा निर्माण गरेका खानाका परिकार देखी अन्य सामाग्रीहरुको प्रर्दशनी गरिएको हो । 

 कार्यक्रममा विद्यार्थीहरुले आफैले खानाका परिकार,विज्ञानका सामाग्री प्रदर्शनी गरेका थिए । यस्तै प्रदर्शनीमा विद्यार्थीहरुले पुजाका सामाग्री,नाङलो,टपरी,चटपटे,पानीपुरी लगायत अन्य सामाग्रीहरु राखी बिक्री वितरण गरिएको थियो ।

मानव शरिर,कृतीम श्वास प्रसास प्रणली,विजुलीबाट सञ्चालन हुने अन्य विविध सामाग्री पनि राखिएको थियो ।

विद्यार्थीहरुमा आत्मविश्वास बढाउन,प्रयोगात्मक शिक्षामा जोड दिने उद्धेश्यले विद्यालयमा मेला आयोजना गरिएको विद्यालयकी प्रिन्सीपल लक्ष्मी लिम्बुले बताइन ।

 विद्यार्थीहरुले दक्षता र क्षमता अभिवृद्धी गर्न सकुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिईन । 

sunsine school itahari 3 (2)

कार्यक्रममा बोल्दै इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले शिक्षाको विकास बिना देशको विकास नहुने बताए । उपमहानगरमा सामुदायीक र संस्थागत विद्यालय वीचको द्धन्द अन्त्य गर्न इटहरी उपमहानगरपालीका प्रयासरत रहेको मेयर पौडेलले बताए ।  

सो अवसरमा निःसहाय बाल सेवा आश्रमकी सञ्चालिका गीता गौतमलाई विद्यालयले नगद सहित सम्मान गरेको छ । विद्यालयले आश्रमकी एक छात्रालाइ कक्षा १० सम्मको अध्ययनका लागी आवश्यक सामाग्री सहित छात्रवृती प्रदान गर्ने विद्यालयका सञ्चालक बाबुराम नेपालले जानकारी दिए । कार्यक्रममा विद्यालयका उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो ।।