इटहरी । राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीको विदाई गरेको छ । कक्षा १२ र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्का पासआउट विद्यार्थीलाई विदाई गरेको हो ।
कक्षा १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन गर्दै आएका ३०२ जना तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङ् तेस्रो वर्षका ४८ जना विद्यार्थीलाई विदाई गरिएको हो ।
विदाई कार्यक्रममा वडा नंं. १ का वडाध्यक्ष रतन कार्कीले अनुशासित भएर देश र समाजमा आफ्नो क्षमता र सीपको प्रयोग गरेर योगदान गर्न विद्यार्थीलाई आग्रह गरेका छन् ।
उच्च शिक्षा अध्ययन गर्न विदेशिने होडबाजी चलेको बताउँदै वडा अध्यक्ष कार्कीले प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुको स्वदेशमै ठुलो आवश्यकता रहेको बताए । अब्बल विद्यार्थी स्वदेशमै रहेर हरेक क्षेत्रको नेतृत्व लिनुपर्ने बताए
विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले आफुले सिकेको ज्ञानलाई जिवनोपयोगी बनाउन आग्रह गर्दै संस्कार र संस्कृतिलाई नभुल्न सुझाए । सो क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्की, शिक्षक रोशन ढकाल, जीवन घिमिरे, शोभा ढकाल लगायतले विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
सोही क्रममा शिक्षक सेवा आयोगमा सफल भएर अन्यत्र पदस्थापन भएका शिक्षकलाई सम्मान सहित विदाई गरियो । नयाँ शिक्षकलाई स्वागत पनि गरिएको थियो । सुनसरीमा सामूदायिक विद्यालय तर्फ राष्ट्रिय माध्यमिक विद्यालयले प्राविधिक शिक्षा प्रदान गर्दै फरक पहिचान स्थापित गर्न सफल भएको छ ।।