सुनसरी  । डेंगुको उच्च जोखिम रहेको सुनसरीमा स्वास्थ्य कार्यलयले सर्च एण्ड डिस्टोय अर्थात खोज र नष्ट गर अभियान चलाएको छ ।

डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यलयले स्थानिय तह, अस्पताल र बिभिन्न बिद्यालयका बिद्यार्थीहरु मार्फत लामखुटेको लार्भा नष्ट गर्ने अभियान चलाएको हो ।

शुक्रबार इनरुवा नगरपालिकाका बिभिन्न स्थानमा उक्त अभियान चलाएको कार्यलयले केही दिनमा इटहरी, दुहबी, धरान लगायतका स्थानमा अभियान सुरु गर्ने कार्यलय प्रमुख सागर प्रसाईले जानकारी दिए ।

बिगतका बर्षमा जस्तो यसबर्ष पनि डेंगुको प्रकोप फैलिन नदिन सुनसरीका स्थानिय तहहरुले वडा कार्यलय मार्फत लामखुटे मार्ने औषधी छर्कने काम समेत गरिरहेका प्रसाईले बताए ।