विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्बजनिक गरेका छन् । चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजारको बजेट बक्तब्य प्रस्तुत गरे । खर्च व्यवस्था गर्ने स्रोतमा राजस्वतर्फ ४ अरेब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार संकलन गर्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको यस्तो छ वजेट बक्तब्य :
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
१। कोशी प्रदेश सरकारको मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०८०।ड१ को आय(व्ययको विवरण सार्वजनिक गर्न उपस्थित भएको छु।
२। आगामी आर्थिक वर्ष २०८०।८१ को राजस्व र व्ययको अनुमान प्रस्तुत गर्न मिति २०८० जेठ १७ गते बजेटका सिद्धान्त र प्राथमिकता गरिमामय प्रदेश सभामा प्रस्तुत गरी माननीय प्रदेश सभा सदस्यहरुबाट सुझाव समेत प्राप्त भएको छ। माननीय प्रदेश प्रमुखज्यूबाट द्दण्डण् जेष्ठ ३१ गते सम्मानित कोशी प्रदेश सभाको बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लेख भएको सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था मिलाएको छु।
३। प्रदेश सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने संबैधानिक व्यवस्था अनुसार माननीय प्रदेश प्रमुखज्यूबाट आर्थिक अध्यादेश, द्दण्डण् र विनियोजन अध्यादेश, द्दण्डण् जारी भईसकेका छन् । यी कानूनहरुमा उल्लिखित मूलभूत विषय आय व्ययको वक्तव्यमा समावेश गरेको छु।
४। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको साथै समय समयमा भएका राजनैतिक एवं अधिकार प्राप्तिका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।
५। नेपालको संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको दोस्रोपटक निर्वाचन सम्पन्न भएको छ। यसबाट प्रदेशका नागरिकमा नयाँ उत्साहको सञ्चार हुनुको साथै संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न महत्वपुर्ण योगदान पुगेको छ। यसका लागि म कोशी प्रदेशका समस्त जनतालाई बधाई दिनुका साथै नव निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
६। वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्रमा देखिएका समस्या एवं चुनौतिका कारण प्रदेशमा समेत सो को प्रभाव रहेको सन्दर्भमा अर्थतन्त्रलाई गतिशील बनाउन, निजी क्षेत्रको मनोबल उच्च बनाउँदै सबल अर्थतन्त्र निर्माणमा योगदान गर्ने दिशामा आगामी आर्थिक वर्षको बजेटलाई परिलक्षित गरेको छु। प्रदेशको जनताको विकास र संमृद्धिको चाहनालाई सम्बोधन गर्दै सिमान्तकृत तथा पछाडी परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई आर्थिक लाभ पुर्याउने तर्फ बजेट तथा कार्यक्रमलाई निर्देशित गरेको छु।
७। संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ गर्न प्रदेश सरकारको क्षेत्राधिकार अनुरुप वित्तीय संघीयतालाई प्रभावकारी बनाउन साधन स्रोतको परिचालन गर्न विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन कायम गर्नु परेको छ। आर्थिक तथा सामाजिक पूर्वाधारको विकास गर्दै गरिवीको रेखामुनि रहेका एवं विभेद र वहिष्करणमा परेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदाय लगायत सबै नागरिकको विकास र समृद्धिको आकाङ्क्षा सम्वोधन गर्न उपलब्ध स्रोत र साधनलाई केन्द्रित गरेको छु।
८। बजेट तर्जुमा गर्दा नेपालको संविधान, पन्ध्रौ योजना, प्रदेशको प्रथम आवधिक योजना, अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने एवं दिगो विकासको लक्ष्य प्राप्ति गर्ने सम्बन्धमा प्रदेशका तर्फबाट गर्नुपर्ने योगदान, संयुक्त सरकारको न्युनतम साझा कार्यक्रम र प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु। समाजमा रहेका सामाजिक, आर्थिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित तथा आर्थिक रुपले विपन्न खस आर्य सहित आम नागरिकको विकास र समुन्नतिको अपेक्षालाई सम्बोधन हुने गरी प्रदेशको विकास, संमृद्धि र सामाजिक न्यायको उद्देश्यबाट निर्देशित भएको छु।
९। प्रदेश सभाको गत अधिवेशनमा पेश भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता उपर भएको छलफलमा माननीय प्रदेश सभा सदस्यहरुबाट प्राप्त रचनात्मक सल्लाह र सुझाव, बजेट निर्माणको क्रममा राजनैतिक दलहरु, स्थानीय तहका जनप्रतिनिधीहरु, निजी क्षेत्र, वुद्धिजीवी, पेशाविद्, उद्योगी, व्यवसायी, सञ्चारकर्मी र आम नागरिकबाट प्राप्त सुझाव समेतलाई बजेट तर्जुमा गर्दा आधार बनाएको छु।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
१०। कोशी प्रदेश अर्थतन्त्रका महत्वपूर्ण आर्थिक र सामाजिक परिसूचक समावेश गरिएको प्रदेश आर्थिक सर्वेक्षण २०७९र८० सार्वजनिक भइसकेको छ। अब म चालु आर्थिक वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समिक्षा प्रस्तुत गर्दछु।
११। विश्व अर्थतन्त्रमा देखिएको शिथिलता एवं मुलुकको आर्थिक गतिविधिमा आएको सुस्तता र सो को प्रभाव यस प्रदेशमा समेत परेकाले प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा घट्ने अनुमान छ। चालु आर्थिक वर्षमा आधारभूत मुल्यमा २।४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको छ। कुल गार्हस्थ उत्पादन ८ खर्व ५० अर्व रहने अनुमान छ।
१२। चालु आर्थिक वर्षको कुल विनियोजित बजेट रु। ३९ अर्ब ७३ करोड ८३ लाख रहेकोमा वैशाख मसान्तसम्म संघीय सशर्त अनुदानमा रू। ११ करोड ३५ लाख थप भई कुल बजेट रु। ३९ अर्ब ८५ करोड ज्ञड लाख कायम भएको छ। उक्त बजेटबाट संघीय सरकारलाई सशर्त अनुदानतर्फ रु। २ अर्ब १६ करोड फिर्ता गएकोले अन्तिम बजेट रु। ३७ अर्ब ६९ करोड ज्ञड लाख कायम भएको छ।
१३। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कायम विनियोजनको ४८ प्रतिशत खर्च भईसकेको छ भने आर्थिक वर्षको अन्त्य सम्ममा करिब ८५ प्रतिशत भन्दा माथि खर्च हुने अनुमान छ।
१४। चालु आर्थिक वर्षको बैशाख मसान्त सम्म प्रदेश सरकारको खर्च रु। ज्ञ९ अर्व ७ लाख भई गत वर्षको सोही अवधिको तुलनामा ९।ठ प्रतिशतले वृद्धि भएको छ भने रु। २ अर्ब ८७ करोड ९४ लाख आन्तरिक राजस्व संकलन भएको छ।
१५। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म स्थानीय तहलाई रू। २ अर्ब ७८ करोड २३ लाख बित्तीय हस्तान्तरण भएको छ।
१६। चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म कुल रु।२७ अर्ब ८२ करोड ३३ लाख प्राप्ति भएको छ भने चालु आर्थिक वर्षको अन्त्य सम्ममा करिब रु।३३ अर्ब ठ करोड प्राप्त हुने संशोधित अनुमान छ।