सुनसरी । देशका ७६ वटा जिल्लामा गाईवस्तुमा लाग्ने रोग ‘लम्पी स्किन’ फैलिदा समेत सरकार उदासिन भएको सुनसरीका स्थानिय तहका प्रमुखहरुले गुनासो गरेका छन । भेटनेरी अस्पताल तथा पशुबिज्ञ सेवा कार्यलय सुनसरीले गरेको समन्वयात्मक कार्यक्रममा उनीहरुले प्रकोपले चौपायहरु भटाभट मर्दा समेत नियन्त्रणको प्रयास नगरेको आरोप लगाए ।
तीन बर्षअघि भारत र बंगलादेश हुदै मोरङ र सुनसरीबाट नेपालमा देखिएको यो रोगको प्रकोपले कृषि पेशामै आत्मनिर्भर रहेर जिवन धान्दै आएका किसानले ठुलो नोक्सानी ब्यहोर्नुपरेको भन्दै स्थानिय सरकारले केन्द्र सरबारबाट साथ सहयोग नपाएको उनीहरुले बताए । दिनहु रोगको प्रकोप फैलिरहेकाले रोकथामका लागि पर्यापत बजेट नहुदा आफूहरुको प्रयासले मात्र नियन्त्रण सम्भव नभएको उनीहरुको भनाई छ ।
हरिनगर गाउपालिका अध्यक्ष गफार अन्सारीले कोबिड महामारीको बेला भएको क्षती पाउन नसकेको अवस्थामा सरकारले २० प्रतिशत बजेट कटौती गरेपछी बजेट अभाव हुदा का मगर्न नसकेको बताए । भेटनरी शाखामा जनशक्ति र बजेट अभाव हुदा किसान समक्ष पुग्न नसक्दा क्षती नरोकिएको उनले बताए ।
इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले सरकारले छुट्याएको बजेट बढीजसो केन्द्रले राख्ने र स्थानिय तहमा कम बजेट पठाउदा प्रकोप नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको बताए ।
दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले मन्त्रालयले डाटा मात्र लिने गरेको तर रोकथामका लागि प्रभावकारी का मगर्न सहयोग नगरेको बताए ।
प्रकोप नियन्त्रणका लागि चौपायमा खोप लगाउनुपर्ने भएपनि सहज र समानरुपमा उपलब्ध नभएकाले लगाउन नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यलय सुनसरीका प्रमुख कुमारसिंह खत्रीले बताए ।