सुनसरी - मालपोत कार्यालय सुनसरीका नायब सुब्बा र खरिदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा शुक्रवार दिउसो पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले घुस मागेको सूचनाको आधारमा गएको टोलीले उक्त रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको आयोगका प्रबत्ता भोला दाहालले जानकारी दिए ।
इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट पक्राउ परेका उनीहरूमाथि थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।