सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूमा रिक्त रहेको पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । मोरङको सुन्दरहरैचा स्थित गोठगाउमा शुक्रवार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको प्रक्रिया अघि बढाइएकोले केही समय ढिलाइ भए पनि नियुत्ती प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।
सरकारले विश्वविद्यालय सुधारका लागि विभिन्न प्रयास थालेको बताउँदै आफ्नै पालामा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रियाको थालनी भएको बताए । विश्वविद्यालय उपकुलपति मात्रै नभई अन्य पदाधिकारीहरू पनि खुल्ला प्रतिस्पर्धाका आधारमा छान्न सरकारले सुरु गरिसकेको बताउँदै उनले विश्वविद्यालय सुधार गर्नका लागि खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारी नियुक्तिको विकल्प नभएको दाबी गरे ।
33
व्यवहारिक कठिनाइका वावजुत पनि खुल्ला प्रतिस्पर्धालाई कार्यान्वयनमा ल्याएको बताउँदै यसले प्राज्ञिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई छ । त्रिभुवन विश्वविद्यालयबाट कार्यान्वयनमा ल्याइएको खुल्ला प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरूमा पनि लागु गरिसकिएको उनले जानकारी दिए । केही दिन अघि मात्रै त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिस्टार खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसबाट विश्वविद्यालय सुधारका लागि सरकार गम्भीर भएको सन्देश गएको दाबी गरे । उनले भने -अब विश्वविद्यालयमा जुनसुकै तहमा पदाधिकारीको नियुक्ति प्रचलित कानुन बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्दै जाने र विश्वविद्यालयका कानुनलाई संशोधन गरेर पूर्ण रूपमा स्वायत्त र स्वतन्त्र बनाउनुपर्छ भन्ने सरकारको धारणा छ । 
00
     प्रधानमन्त्री दाहालले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउँदै बिश्वबिद्यालयहरुले पनि गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए । यसका लागि बिश्वबिद्यालयहरुले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देखिएको बौद्धिक पलायनले देशलाई चिन्तित बनाएको भन्दै यसलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको उनको भनाई थियो । 
22
     पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले बिशेषत जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत-साधन र परम्परागत ज्ञान-सीपको संवर्द्धन गर्नुपर्ने बताए ।  पूर्वको प्रमुख नगदेबालीहरु अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध-अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्पूर्ण योगदान दिनुपर्नेमा जोड दिए । 
      त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेको १२ औँ दीक्षान्त समारोहमा ७ हजार ८ सय ५६ विद्यार्थी दीक्षित भएका छन् । जसअन्तर्गत स्नातक तहमा ६ हजार ५ सय ६८, स्नातकोत्तर तहमा १ हजार २ सय ८५ र एम फिलमा ३ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालये जनाएको छ ।