विराटनगर । मोरङको बुढीगंगामा भएको आँखा शिविरमा एक सय बढीले सेवा लिएका छन् । अखिल नेपाल महिला सङ्घ क्षेत्र नम्बर ६ को आयोजनामा भएको एक दिने निःशुल्क आँखा शिविरमा उल्लेख्य सहभागिता रहेको थियो । आँखा परीक्षण गराएकाहरू मध्ये २५ जनामा मोतिया बिन्दुको सङ्क्रमण देखिएको  छ । 

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा शिविरको आयोजना गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको आँखा शिविरको उद्घाटन नेकपा एमालेका नेता   तथा पूर्व प्रदेशसभा सदस्य यशोदा अधिकारीले गरिन् ।  उनले महिला तथा बालबालिकालाई लक्षित गरी भएको यो आँखा शिविरले घरमा नै सेवा लिने अवसर मिलेको बताइन् । 
222 एमालेको जनतासँग जोडिने अभियान अन्तरगत अखिल नेपाल महिला सङ्घले क्षेत्रीय रूपमा आँखा शिविर सञ्चालन गरेको अनेम सङ्घ मोरङ क्षेत्र नम्बर ६ का अध्यक्ष ममता प्रधानले जानकारी दिइन् ।  ‘हामीले गर्ने गतिविधिहरू जनता र नागरिक लक्षित हुनु पर्छ भनेर नागरिकको स्वास्थ्यसँग जोडिएर आँखा शिविरको आयोजना गरिएको हो, उनले भनिन्, यो अभियानलाई हामीले बुढीगंगामा मात्र नभई  क्षेत्र नम्बर ६ का अन्य  पालिकाहरूमा पनि पुर्‍याउने सोचेका छौँ ।’ अनेम सङ्घका केन्द्रीय सदस्य सरस्वती खरेल, विराटनगर महानगरपालिकाका  उपमेयर शिल्पा निराला कार्की, नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, राष्टिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेत,  नेकपा एमाले जिल्ला कमिटि सदस्य मकर बुढाथोकी, रिता  न्यौपाने उपस्थिति थिए । 
440030613_458288916858115_2092244521345430583_n