सुनसरी । रोटरी क्लब अफ इटहरीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ ।

रोटरी क्लब अफ इटहरी र पूर्वाञ्चल साकोसको आयोजना तथा सौन्दर्य कला व्यवसायी संघ नेपाल इटहरी तथा सुनसरी कमिटीको सह आयोजनामा भएको कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको हो ।

bbbb

इटहरी पश्चिम लाइन स्थित यमाह शोरुम अगाडी भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।

सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ इटहरीले बजारमा रगतको अभावलाई केही हदसम्म पूर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

क्लबले यसअघि पनि विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।