सुनसरी । धरानमा पहिलो पटक स्पोर्टस अवार्ड हुने भएको छ । 

धरान खेलकुद मञ्चले पहिलो पटक  ‘स्पोर्टस अवार्ड’ प्रदान गर्ने भएको हो । विभिन्न विधामा ६ जनालाई अवार्ड प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष किशोर राईले बताए ।

अवार्डमा पुरुष र महिला तर्फ २ जनालाई धरान वर्ष खेलाडी घोषित गरिने छ ।  उनीहरूलाई नगद २५/२५ हजार सहित विभिन्न गिफ्ट ह्यम्पर प्रदान गर्ने राईले बताए ।

यस्तै, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक लोकप्रिय र उदीयमान खेलाडीलाई पनि अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ ।

यस्तै, पुरुष र महिला तर्फ लाइफ टाइम एचिभमेन्ट अवार्ड २ जनालाई प्रदान गरिने मञ्चले जनाएको छ ।

उनीहरूलाई जनही ११ हजार सहित गिफ्ट ह्यम्पर प्रदान गरिने बताइएको छ ।