इटहरी ।  इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उप महानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा जनबनी गर्छन् । जनबनी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् । 

बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे मन नलागेको बेला घरमै खेलेर बस्थे । 

उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने नलागेको बेला नजाने । 

एक वर्षको अवधिमा इन्द्रजितमा ठुलो परिवर्तन आएको छ । इटहरी नगरपालिका वडा नम्बर १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ । 

ट्युसन कक्षमा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कुल मात्रै नियमित गइरहेका छैनन् घरमा गर्नु पर्ने गृहकार्य पनि नियमित गर्छन् । 

नियमित विद्यालय जान र गृहकार्य जान थालेपछि उनको पढाइ सुध्रिएको छ । पढाइसँगै उनको आनीबानीमा पनि परिवर्तन आएको छ । उनले सरसफाइमा समेत ध्यान दिन थालेका छन् । 

धोइ पखाली गरेर सफा लुगा लगाउने र चिटिक्क हुन थालेका छन् इन्द्रजित । इन्द्रजीतकै सिको पछ्याउँदै नियमित विद्यालय जान थालेका छन् अमित सदा पनि । 

वन्दना र सन्तोषी पनि आजकाल कक्षा छुटाउँदैनन् । विद्यालय होस यो ट्युसन । दुवै नियमित भएपछि उनीहरू अहिले विद्यालयमा लेखपढ गर्न जान्ने विद्यार्थीमा गनिन थालेका छन् । उनीहरू सबै जना जनजागृति आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्छन् ।  

१० महिना अघिबाट वडा नम्बर १ ले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ । ट्यसन कक्षमा ५७ जना बालबालिका भेला हुन्छन् । उनीहरूका लागि वडाले ३ जना शिक्षकको व्यवस्था गरेको छ । 

ुसट्यन कक्षमा उनीहरू खाजा पनि खान पाउँछन् । बालबालिकाका लागि वडाले कपी, कलम र पेन्सिलको पनि व्यवस्था गरेको छ । उनीहरूलाई विभिन्न खेलकुदका सामाग्री समेत वडाले उपलब्ध गराएको छ । 

9c5e2e12-e320-48ba-9ba1-f0e5a4754ec0

मुसहर बालबालिकालाई ट्युसन पढाउने कविता सदाले वडाले  कक्षा सञ्चालन गरेपछि मुसहर बालबालिकामा परिवर्तन सुरु भएको बताइन् । खाजाको समेत व्यवस्था भएपछि उनीहरू ट्युसन कक्षामा आउने गरेको बताइन् । 

खेलका माध्यमबाट हामी उनीहरूलाई सिकाउँछौ । उनले सुनाइन्, “ट्युसनमा आउन थालेपछि उनीहरू माछा मार्न, धुलोमा खेल्न समेत जान छाडेका छन् । यसले उनीहरूको स्वास्थ्यमा समेत सुधार भएको छ ।” 

ट्युसन कक्षामा मुसहर समुदायका बाहेक सीमान्तकृत अन्य समुदायका बालबालिका समेत पढ्न आउने गरेका छन् ।   

इटहरी वडा नम्बर १ मा १ सय ५०को हाराहारीमा मुसहर समुदायको घर रहेको छ । यस्तै ५० भन्दा बढी माझी, ४ सय भन्दा बढी आदिवासी थारुहरूको घर रहेको छ । उनीहरूलाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरिएको शिक्षक कविता सदाले बताइन् । 

ट्युसन कक्षा सञ्चालन गर्न ५ लाख रुपैयाँ बजेट वडाले विनियोजन गरेको थियो । सो रकमले ट्युसन पढाउने शिक्षकलाई पारिश्रमिक र स्टेश्नरीको व्यवस्था गरिएको वडा अध्यक्ष कैलाश कार्कीले बताए । 

b43f73b2-2975-409a-9c3b-078569cccf36

कार्कीका अनुसार मुसहर समुदायका बालबालिकाको शिक्षाको अवस्था सुधार गर्नका लागि आफूहरुले  ट्युसन कक्षा सञ्चालन गरेको बताए । उनले भने, अबिभावकहरुले घरमा बालबच्चालाई पढाउन समय दिन नसकेका कारण समस्या थियो । हामीले ट्युसन कक्षा सुरु भएपछि उनीहरूको शैक्षिक सिकाई सुधार भएको छ । ”

उनले सो समुदायसँग जोडिएका सीमान्तकृत र विपन्न परिवारका केटा केटीलाई पनि  कक्षमा सामेल गराइएको बताए । 

विद्यालय नजाने बच्चाहरू नियमित विद्यालय जान थालेका छन् । उनले भने, “पढाइमा मात्रै होइन स्वास्थ्य र सरसफाइमा समेत उनीहरूको सुधार भएको छ ।”

उनले यो कार्यक्रमलाई निरन्तर दिनु पर्ने माग समुदायबाटै आएको बताए । उनले यस पटक पनि यो कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको बताए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका कैलाश कार्की रतन २०७९ मा भने वडा अध्यक्षमा निर्वाचित भए । 

पहिलो कार्यकालमा कार्यवाहक वडा अध्यक्ष भएर लामो समय वडाको नेतृत्व गरेका कार्कीसँग गरिएको संक्षिप्त कुराकानी 

वडा नम्बर १ ले के विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

इटहरी उप महानगर हुनुभन्दा यो हाँसपोसा गाँउ विकास समिति थियो । हाँसपोसाको ३ वटा वडा मिलाएर अहिले  इटहरी उप महानगर पालिकाको वडा नम्बर १ बनाइएको छ । 

यो वडामा २३ सयको हाराहारीमा घर धुरी रहेको छ । यो वडामा बसाइँ सरेर आउने क्रम उच्च भए पनि आदिवासी समुदाय मुसहर समुदाय र सीमान्तकृत समुदायको बसोबास रहेको छ । 

यसो भएकाले हामीले यो वडामा शिक्षालाई बढी प्राथमिकतामा राखेर काम गरेका छौ । मुसहर समुदायका बालबालिकालाई वडाले निःशुल्क ट्युसन पढाउने काम गरेका छौ भने उनीहरूलाई खेलकुदका सामाग्री समेत वडाको तर्फबाट वितरण हुने गरेको छ । 

हामीले वडामा रहेका मुस्लिम विद्यार्थीहरूका लागि पनि हामीले काम गरेको छ । केही मुस्लिम बालबालिका मदरसामा मात्रै पढ्दै आएकोमा वडाको सहजिकरणमा सामुदायिक विद्यालयमा समेत भर्ना भएका छन् । 

8eba7353-79b3-4a7a-a9bc-7f54fb8e728d

विद्यालयमा नजाने अवस्था रहेको ले मदरसा सँग सँगै विद्यालयमा पनि जानु पर्छ भनेर प्राथमिकता मा राखिएको छ । हाम्रै वडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय प्राविधिक धार तर्फ इटहरीमा नै उत्कृष्ट छ । 

यसै वर्षदेखि हामीले सामुदायिक विद्यालयमा होटल म्यानेजमेन्ट समेत पढाउन सुरु गर्ने तयारी गरेका छौ । यस अघि नै हामीले सो विद्यालयमा इन्जिननियरींग विषयमा समेत पठन पाठन गरिरहेका छौ । 

राष्ट्रिय माविलाई हामीले उत्कृष्ट विद्यालय बनाउन आवश्यक सहयोग र सहजिकरण गरिरहेका छौ । विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थीहरूले भर्ना पाउन नसक्ने अवस्थामा विद्यालय पुगेको छ । 

हामीले यसको भौतिक पूर्वाधार विकासमा पनि काम गरिरहेका छौ । राष्ट्रिय   माविमा प्रबिधीक तर्फ तीनबर्षे  सिभिल इन्जिनयरीग र १८ महिने प्रि डिप्लोमा कक्षा सञ्चालन भइरहेको छ । 

२०६९ साल देखि प्राविधिक धारको पढाई सुरु गरेको सो विद्यालयले तीन बर्से सिभिल इन्जिनियरींगमा ४८ जना र प्रि डिप्लोमामा ४० जना विद्यार्थी वार्षिक रूपमा पढाउँदै आएको छ । 

पूर्वाधार विकासमा वडाले कसरी काम गरिहरेको छ ?

भौतिक पूर्वाधारका हिसाबले यो वडा पछाडि परेको वडा हो । बसाइँ सरेर आउने क्रम तीव्र भएपछि खेती योग्य जमिनहरूमा प्लटिङ भएको छ । अव्यवस्थित रूपमा प्लटिङ गरिँदा डुबानको समस्या थियो । 

अव्यवस्थित रूपमा भएको प्लटिङका कारण वडा नम्बर १ मा डुबानको समस्या थियो । हामीले यो समस्या समाधान गर्न ड्रेनको व्यवस्थापन गरिरहेका छौ ।

हामीले ड्रेनका लागि मात्रै  प्रदेश सरकार, उप महानगर र वडाको बजेटबाट ८० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छौ । 

यस्तै बाटोको स्तरोउन्नती र कालोपत्रे बनाउने समेत काम भएको छ । हामी आएपछि वडामा ८ किलोमिटर जति बाटो कालोपत्रे तथा ब्लक ओल्छ्याएका छौ ।