काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियम न्यू जर्सीमा केहीबेर अघि सम्पन्न खेलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन जुलियन अल्भारेज २२ औं र लियोनेल मेसीले ५१ औं मिनेटमा गोल गरे । अब अर्जेन्टिनाले सोमबार हुने फाइनल खेलमा भोलि हुने उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।