सुनसरी । सुनसरीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
इनरुवामा आज एक कार्यक्रमका बिच जिल्ला समन्वय सुनसरीका प्रमुख राजन मेहता सहितका सरोकारवालाहरूले सुनसरीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन ।
सुनसरीका १२ वटै स्थानीय तहमा सबै मापदण्ड पुरा भएपछि सुनसरीलाई पूर्ण खोप  सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताउनुभयो ।
दुई बर्सअघि पनि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।
तर सुनसरीको बर्जू गाउँपालिकामा दादुराको प्रकोप फैलिए पछि पुन खोप अभियान चलाइएको थियो ।