विराटनगर ।  विराटनगरमा घरेलु कामदार महिलाका छोराछोरीलाई स्वास्थ्य परीक्षण गरिएकोछ । लायन्स क्लब अफ विराटनगर एलिटले विराटनगर–१० स्थित वोमन्स क्रियसनको संरक्षणमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो ।  ५ वर्ष देखि १२ वर्ष सम्मका ३५ जना बालबालिकाको दन्त परीक्षण सहित बाल बालिकालाई  दाँत स्वस्थ राख्ने बारेमा सचेतना समेत प्रदान गरिएको छ । 
९ अगस्ट “नेपाल लायन्स डे“ को अवसर पारेर निःशुल्क दन्त परीक्षण तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ विराटनगर एलिटका अध्यक्ष शकुन्तला भट्टराईले जानकारी दिइन्  ।  वोमन्स क्रियसन संस्था मारवाडी समुदायका स्वयंसेवी महिलाहरूको समूह हो ।  यो संस्थाले  आफ्नो संरक्षणमा रहेका बाल–बालिकाको शिक्षा, आध्यात्मिक, योग अभ्यास एवं कला संस्कृतिको ज्ञान समेत प्रदान गर्दै आएको छ । 
teath
विराटनगर ३ स्थित पानीटंकीको  नौलखा डेन्टल केयरका  डा. नूतन नौलखा र डा. रिंकी अग्रवालले दन्त परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम प्राविधिक सहयोग गरेका थिए । सोही अवसरमा डेन्टल केयर र क्लबको तर्फबाट  १४ जना बालबालिकालाई थप स्वास्थ्य सेवाको सुझाव सहित ब्रस र मन्जन प्रदान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिइन्  ।
सन् २०१८ मा स्थापना भई सामाजिक सेवामा समर्पित रहेको लायन्स क्लब अफ विराटनगर एलिट विराटनगरमा सामाजिक क्षेत्रमा लागेका प्रतिष्ठित चिकित्सक, उद्यमी–व्यवसायी, बीमा व्यवसायी र सामाजिक व्यक्तित्वको संलग्नता छ । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ –सी का गभर्नर लायन विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  लायन प्रतिनिधिहरू, क्लबका सदस्य, वोमन्स क्रियसनका प्रतिनिधिहरूको उपस्थिति थियो ।