विराटनगर । स्काउटले विराटनगरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ओपन स्काउट क्य्रुले नेपालीहरूको चाड दसैँ तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।
विराटनगरको सत्यनारायण माविमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्काउटले सामाजिक कार्यमा भूमिका बढाउँदै गएको बताइन्  । उनले स्काउटलाई सहयोग गर्न महानगरपालिका सधैँ तयार रहेको उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय सह प्रमुख आयुक्त किरण गिरी, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे लगायतले शुभकामना व्यक्त गरे ।  विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा कविता वाचन गरेको विराटनगर महानगरपालिका स्थानीय स्काउट आयुक्त नवीन पहाडीले जानकारी दिए ।  नेपालीहरूको सांस्कृतिक पर्वहरूको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरिएको ओपन स्काउट  क्य्रुका अध्यक्ष नवलप्रसाद उपाध्यायले बताए । यस्ता कार्यक्रमहरू हरेक वर्ष आयोजना गर्दै आएको उपाध्यायको भनाई छ ।  कार्यक्रममा विराटनगरका विभिन्न १४ वटा विद्यालयका विद्यार्थी र प्रदेश विभिन्न १५ वटा पालिकाका स्काउट आयुक्तलगायतको सहभागिता रहेको उपाध्यायले जानकारी दिए ।