सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका वरिामीहरुको उपचारका लागी छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।
आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका वरिामीहरुको उपचारका लागी प्रतिष्ठानले छुट्टै भवनबाट बर्न सेन्टर सञ्चालन ल्याउन लागेको हो ।
बर्न सेन्टरको लागी आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको काम समेत अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।
सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको १ महिना भित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सह प्रवक्ता डा।अभिजित कुमारले जानकारी दिए ।
नेपालमा बर्सेन सानो र ठुलो गरी ४५ हजार मानिस जलनबाट प्रभावित हुने गरेको तथ्याङ्क छ । अहिले जलनको उपचार गर्ने अस्पतालहरू राजधानी केन्द्रित मात्र छन् ।
जलनको उपचारलाई जटिल मानिन्छ । त्यसमाथि प्रदेशका अस्पतालहरूमा जनशक्ति र पूर्वाधारको अभाव हुँदा जटिल उपचारका लाग िकाठमाडौं नै आउनुपर्ने बाध्यता छ ।
धरानमा यो सेन्टर सञ्चालनमा आएपछि जलेका वरिामीहरुले उपचारका लागी काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।