सुनसरी– इटहरी नमुना कलेजले आयोजना गरेको दोस्रो बृहत प्रदर्शनीमा अवलोकनकर्ताहरूको ओइरो लागेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले कृषि, शिक्षा, खाद्यान्न, स्वास्थ्य, कला संस्कृति तथा विभिन्न बहु उपयोगी प्रविधियुक्त सामग्रीहरूको विशेष प्रदर्शनी गरेका छन् ।

इटहरी ९ स्थित जनता स्कुल अगाडीको खाली मैदानमा आयोजित प्रदर्शनीमा राखिएको स्टल हेर्न अवलोकनकर्ताहरूको बिहानै देखी घुंइचो लागेको छ । प्रदर्शनीमा विद्यार्थीहरूले दाइजो प्रथा लगायतका सामाजिक विकृति विरुद्धको जनचेतनामूलक सामाग्रीको स्टल समेत राखेका छन् ।

नमुना कलेजको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिने प्रदर्शनीमा बिहानै देखी अवलोकनकर्ताहरूको ओइरो लागेको छ । विज्ञान तथा प्रविधिसँग अभिरुचि राख्ने विद्यार्थीहरू तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको प्रदर्शनी स्थलमा झन्डै एक सय वटा स्टलहरू रहेका छन् ।

२०५६ सालमा स्थापना भएको ग्रिन पिस एकेडेमी थप स्तर उन्नति गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेज कोसी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित छ । आधारभूत तह देखी कलेजमा प्लस टु तथा स्नातक तहमा वि.एस.डब्लु., वि.सी.ए., वि.एच.एम., वि.वि.एस., वि.वि.ए., वि.आई.टी. र स्नातक–कोत्तर तहमा एम.वि.ए. को अध्यापन गराइरहेको छ ।
