सुनसरी । इटहरीको प्रतिष्ठित शैक्षिक संस्था कस्तुरी सेकेन्डेरी स्कुलले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो । 


स्कुलले खेलकुद, शिक्षा, गायन, रङ्गकर्म,चलचित्र लगायतका विभिन्न विधाहरूमा वासुदेव कर्ण, मिना सुब्बा, केशवकुमार विष्ट, लेखनाथ निरौला (चण्डिका), अनुरोध थापा, रमेश कुमार विष्ट, सुभद्रा प्याकुरेल, गिता गौतम र सुशिला राई लाई सम्मान गरेको हो । 


यस्तै पत्रकारिता तथा सञ्चार विधा तर्फबाट  विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल, सप्तकोशी टेलिभिजनका विकल रेग्मी र नेपाल टेलिभिजन इटहरीकी सञ्चारकर्मी उशाकिरण घिमिरेलाई सम्मान गरिएको छ । 

उनीहरुलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेमप्रसाद न्यौपानेले सम्मान गरेका थिए । 


कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम तथा प्रतिभा प्रदर्शन गरेका थिए । सोही कार्यक्रममा  शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो । 

नियमित पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले ध्यान दिएको स्कुलका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले जानकारी दिए । विद्यार्थीको चौतर्फी विकासमा स्कुल सधै लागिपरेको बताए ।

स्कुलले पछिल्लो  केही समय देखी नयाँ भवनमा  नयाँ व्यवस्थापनको नेतृत्वमा अध्यापन गराइरहेको छ ।यसबाट शैक्षिक गुणस्तर सुधार गरेको विद्यालयले बताएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै सुनसरी र मोरंगका विभिन्न शहरहरुका अविभावकहरुको ध्यान आकर्षण  गर्न विद्यालय सफल पनि भएको छ ।