विराटनगर । विराटनगर जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा ३२ जनाले रक्तदान गरेका छन् ।
विराटनगर राउण्ड टेबल नम्बर पाँचको आयोजना र जनता आदर्श बहुमुखी क्याम्पस, सामाजिक कार्य विभागको सहकार्यमा भएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका हुन् ।
जनता आदर्श बहुमुखी क्याम्पस, कलेज अफ लका शिक्षक, कर्मचारी तथा विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।
रगत जस्तो वस्तुको अभावमा कसैले दुःख नपाउन, रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रममा राउण्ड टेबल नम्बर पाँचसँग सहकार्य गरेको क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले बताउनु भयो ।
रक्तदानमा विद्यार्थीहरू समेत उत्साहका साथ सहभागी भएका थिए ।