विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा मुसहर समुदायका लागि न्यायमा पहुँच सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको छ । तराईमा बसोबास गर्ने पछाडि पारिएको समुदायका लागि एक दिन न्यायमा पहुँच सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा नागरिकता बनाउन के के प्रक्रिया आवश्यक पर्छ रु कसरी नागरिकता बन्छ रु भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका शाखा अधिकृत केशव खतिवडाले सहभागीहरूलाई जानकारी गराएका छन् । 
कोशी प्रदेशमा बसोबास गर्ने ९० प्रतिशत मुसहर समुदायको अझै नागरिकता बनाउन समस्या छ । यसका लागि के के आवश्यक पर्छ रु के के प्रावधान अपनाउनु पर्छ भनेर जानकारी दिनका लागि नागरिकताका बियामा साक्षर बनाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

यस्तै सुकुम्बासीहरुलाई जग्गाको धनीपूर्जा  वितरणका लागि के के कागजात र प्रमाणहरू आवश्यक पर्छ भनेर समेत सो कार्यक्रममा जानकारी दिइएको छ । भूमि आयोग सुनसरीले सो विषयमा कक्षा सञ्चालन गरेको थियो । कोशी प्रदेशमा बसोबास गर्ने ९० प्रतिशत यो समुदाय सुकुम्वासीमा बस्दै आएका छन् ।
 
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेबतीरमण भण्डारीले पछिल्लो समय मुसहर समुदायको क्षेत्रमा सरकारहरुले काम गरेको भए पनि अझै काम गर्न बाँकी रहेको बताए । 
उनले अव म दलित हुँ मुसहर हुँ भन्ने भावना हटाएर म नेपाली हुँ भन्ने भावनाबाट काम गर्न सके मात्रै मुसहर समुदायको विकास हुने बताए । उनले भने, अव म मुसहर हुँ भन्ने मानसिकता  त्याग्नु पर्छ । म नेपाली हुँ भन्ने भावना विकास गर्न सक्नु पर्छ ।  उनले मुसहर समुदायको शिक्षामा आकर्षण  बढेको भन्दै यसलाई निरन्तरता दिन सक्नु पर्ने मन्त्री भण्डारीले बताए । 
उनले अहिले पनि मुसहर समुदायमा बालविवाह कायमै रहेको भन्दै चिन्ता व्यक्त गरे । १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने चलन हटेको छैन । १८ वर्ष भन्दा कम उमेरका महिलाहरूले बच्चा जन्माउँदा जन्म दर्ता गर्न समस्या छ, जन्म दर्ता हुन नसक्दा नागरिकता बनाउन पनि समस्या छ । मन्त्री भण्डारीले भने अव मुसहर समुदायका अगुवाले बाल विवाह रोक्न काम थाल्नु पर्छ । शिक्षामा पनि ध्यान दिनु पर्छ । 
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले कानुनका बारेमा जानकारी गराउने यो कार्यक्रम आयोजना गरिएको बताए । कानुनका बारेमा थाहा पाइन भनेर छुट पाइन्न । यसैले पछाडि पारिएको दलित समुदाय मुसहरहरूका लागि यो कार्यक्रम आयोजना गरिएको हो । यहाँबाट फर्किएपछि गाउँ टोलमा तपाँइहरुले कानुनका बारेमा कुरा गर्नुस् । 

कार्यक्रममा नेपाल राष्ट्रिय मुसहर सङका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर सदाले मुसहर समुदायका महिला र युवाहरूलाई सिपको खाँचो रहेको बताए । उनले नेपालको संविधानले सबै नागरिक कानुनका दृष्टिले समान भए पनि मुसहरहरू तेस्रो दर्जाको नागरिकको रूपमा बाँच्न विवश रहेको बताए । उनले भने, अहिले हामी सुकुम्वासीमा छौ । हाम्रो नागरिकता छैन ।  हामीलाई तल्लो दर्जाका मानिस ठानिन्छ । 

उनले मुसहर समुदायलाई प्रयोग गरेर मुसहर टोलामा अन्य समुदायका मानिसहरूले अवैध रूपमा रक्सी भट्टी सञ्चालन गरेको भन्दै यसलाई रोक्न सरकारसँग माग गरेका छन् । उनले भने हरेक मुसहर टोलमा अवैध रक्सी भट्टी सञ्चालन गरिएको छ । त्यसका कारण हाम्रो समुदाय दल दलमा फस्दै गएको छ । सरकार यसलाई कसरी हुन्छ रोक्नु पर्‍यो ।