सुनसरी । सुनसरीमै पहिलो पटक इटहरीको कस्तरी कलेजले एआईमा आधारित प्रोफेसनल कोर्स चार बर्से ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कलेजले आइतबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सञ्चालन गर्ने कस्तुरी कलेज सुनसरीमा पहिलो रहेको जानकारी दिएको छ ।
पूर्वाञ्चल बिश्वबिद्यालयबाट सम्बन्धन लिएर सुरु गर्न लागिएको यो शैक्षिक कार्यक्रममा कुनै पनि संकायबाट १२ कक्षामा गणित विषय पढेका विद्यार्थीले पढ्न पाउने कलेजले जनाएको छ ।
बिश्वबिद्यालयबाट ४८ जना विद्यार्थी पढाउने कोटा पाएको कलेजले पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कलेजका प्राचार्य कमलेश पौडेलले जानकारी दिए ।
इटहरी यो शैक्षिक कार्यक्रम लागुभएपछी विद्यार्थीलाई अध्ययनको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको पौडेलले बताए ।