सुनसरी । प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरुद्धमा आन्दोलित निजी शिक्षालय सञ्चालकहरूले बुधवार इटहरीमा बृहत् जिल्लाब्यापी अन्तरक्रिया गरेका छन् ।

हिसान सुनसरी, प्याब्सन तथा एनप्याब्सन सुनसरीको आयोजनामा भएको कार्यक्रममा संस्थागत विद्यालय सम्बद्ध सञ्चालक, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज लगायतका संघ सङ्गठनहरूको सहभागिता थियो ।

कार्यक्रममा विद्यालय सञ्चालकहरूले कम्पनी ऐन अन्तर्गत नाफामूलक संस्थाका रूपमा सञ्चालनको अनुमति दिएका विद्यालयलाई ‘गैरनाफामूलक’ संस्था बनाउने प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् ।

सरकारलाई दबाब दिन एक साता यता आन्दोलनमा उत्रिएका निजी विद्यालयका सञ्चालकहरू चरणबद्ध आन्दोलनमा छन् ।
