सुनसरी । शैक्षिक क्षेत्रमा झन्डै दुई दशक देखी सक्रिय इटहरीको कस्तुरी एकेडेमीले १९औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने तीन जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा पत्रकारिता तर्फ कान्तिपुरका सुनसरी संवाददाता  अर्जुन  सुबेदी, रङ्गकर्मी सुन्दर बस्नेत र कथाकार रिता ताम्राकार रहेका छन् ।
बिहीबार वार्षिक उत्सव समापनको अवसरमा सुनसरी जिल्लाको इटहरीमा रही निष्पक्ष, सूचनामूलक तथा सामाजिक जागरणमा योगदान पुर्‍याएको भन्दै एकेडेमीले सुबेदीलाई सम्मान–पत्र प्रदान गरेको हो ।
शिक्षा तथा पत्रकारिता क्षेत्रमा सक्रिय सुबेदीले कान्तिपुर दैनिक पत्रपत्रिका, रेडियो कान्तिपुर तथा टेलिभिजन मार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको भन्दै सम्मान गरेको हो ।
saaa
यस्तै लामो समयसम्म नाट्य क्षेत्रमा योगदान दिएको भन्दै रङ्गकर्मी बस्नेतलाई सम्मान गरिएको हो ।
साहित्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कथाकार रिता ताम्राकारलाई सम्मानित गरिएको एकेडेमीले जनाएको छ ।
उनीहरूलाई कार्यक्रममा अध्यक्ष प्रेम प्रसाद न्यौपाने र प्राचार्य भूपेन्द्र न्यौपानेले दोसल्ला र सम्मान पत्रबाट सम्मानित गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका प्रमुख देवेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।