इटहरी । इटहरी–९ मा रहेको परफेक्ट एकेडेमीले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न गरेको छ।
विद्यालयका प्रिन्सिपल रामकुमार गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, अभिनय तथा रोल–प्ले जस्ता विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
बालबालिकाको आत्मविश्वास, प्रतिभा र सिर्जनशीलता झल्किने प्रस्तुति देखेर कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरू उत्साहित बनेका थिए।
कार्यक्रममा बोल्दै प्रिन्सिपल गिरीले विद्यालयले विद्यार्थीलाई सिर्जनात्मक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ शिक्षण गतिविधि सञ्चालन गर्दै आएको बताए।

उनले विद्यार्थीका विभिन्न रचनात्मक गतिविधिले बालबालिकाको प्रतिभा उजागर गर्न, आत्मविश्वास अभिवृद्धि गर्न तथा समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी रहेका थिए।
कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका अगुवा तथा व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

















