सुनसरी । प्रिमियर ग्लोबल स्कुल इटहरीले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको एकसाता लामो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

जेठ २८ गतेदेखि असार २ गतेसम्म चलेको विशेष अभिमुखीकरण सप्ताह विद्यार्थीहरूलाई शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत विकासतर्फ प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रिन्सिपल सुभाष लुईटेलले जानकारी दिए ।

सप्ताह कार्यक्रम विभिन्न ज्ञानवद्र्धक, प्रेरणादायी तथा अनुभवमूलक गतिविधिहरू सञ्चालन गरिएको लुईटेलले बताए ।primier2

कार्यक्रमको पहिलो दिन स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरूसँग परिचय गराउँदै विद्यालयको शैक्षिक वातावरण, नियम, अनुशासन, उपलब्ध अवसरहरू तथा अपेक्षाहरूका बारेमा जानकारी प्रदान गरिएको लुइटेलले जानकारी दिए । यो कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ वातावरणमा सहज रूपमा घुलमिल हुन तथा आत्मविश्वासका साथ आफ्नो शैक्षिक यात्रा प्रारम्भ गर्न सहयोग पुर्‍याएको विद्यालयले जनाएको छ ।primier1

दोस्रो दिन विद्यार्थीहरूलाई पर्यटकिय स्थल भेडेटार भ्रमण तथा हाइकिङ गराइएको थियो । प्राकृतिक सौन्दर्यको अवलोकनसँगै आयोजित हाइकिङले विद्यार्थीहरूमा टोली भावना, नेतृत्व क्षमता, सहकार्य, शारीरिक तन्दुरुस्ती तथा साहसिक सोचको विकास गर्न मद्दत गरेको लुईटेलको भनाई थियो ।

तेस्रो दिन प्रेरणादायी सत्र सञ्चालन गरिएको र उक्त सत्रमा लक्ष्य निर्धारण, समय व्यवस्थापन, सकारात्मक सोच, अनुशासन, समर्पण तथा सफल करियर निर्माणका लागि आवश्यक सीप र मनोवृत्तिका विषयमा मार्गदर्शन प्रदान गरिएको थियो ।pp3

प्रिन्सिपल लुईटेलका अनुसार चौथो दिन इटहरीस्थित सोल्टी होटेलमा विशेष अभिमुखीकरण कार्यक्रम तथा औद्योगिक अवलोकन भ्रमण गराइएको थियो । होटल तथा हस्पीटालिटी उद्योगका विभिन्न पक्षहरूको प्रत्यक्ष अवलोकन गर्दै विद्यार्थीहरूले उद्योगको कार्यप्रणाली, सेवा संस्कृति, व्यावसायिक अवसर तथा विश्वव्यापी करियर सम्भावनाबारे जानकारी प्राप्त गरेका थिए । यसले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता तथा लक्ष्यअनुसार भविष्यको करियर योजना बनाउन प्रेरित गरेको आयोजकको दाबी छ । pp0

कार्यक्रममा विद्यालयका प्रिन्सिपल लुइटेलले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित रहँदै अनुशासन, समर्पण र निरन्तर सिकाइको संस्कार विकास गर्न आग्रह गरेका थिए ।

उनले आतिथ्य उद्योग नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा तीव्र गतिले विस्तार भइरहेको क्षेत्र भएकाले विद्यार्थीहरूले प्रारम्भदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी आवश्यक सीप विकासमा ध्यान दिनुपर्ने बताए ।

अभिमुखीकरण सप्ताहले नवप्रवेशी विद्यार्थीहरूलाई आफ्नो शैक्षिक तथा व्यावसायिक यात्राको सफल सुरुवात गर्न महत्वपूर्ण आधार प्रदान गरेको सहभागीहरूको धारणा थियो ।