इटहरी । वैशाख महिना भर ग्रामथानमा विशेष पूजा गरिने र मेला लाग्ने गर्दछ । चर्को घाम तथा बढ्दो गर्मीको समयमा पूजा गर्न तथा मेला भर्न आएका भक्तजनहरूको स्वास्थ्य सुरक्षाको लागि इटहरीको वेदान्त अस्पतालले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध प्रदान गरिरहेको छ ।

Siruwa_bedanta 1

वैशाख १ गतेबाट सुरु भएको ग्रामथान मेलामा वेदान्त अस्पतालले सुरुबाट नै निःशुल्क सेवा दिई रहेको छ । ग्रामथान तथा पूजा स्थलमा छुट्टै शिविर राखेर अस्पतालले पूजा गर्न आएका भक्तजन तथा मेला भर्न आएका अन्य मानिसहरूलाई निः शुल्क उपचार प्रदान गर्ने गरेको छ ।
मेलामा आएका कुनै मानिसलाई स्वास्थ्य समस्या देखिएमा निःशुल्क उपचार दिई रहेको अस्पतालले जनाएको छ । गर्मीको समयमा भिडभाडमा विभिन्न समस्या देखिन सक्ने भएकाले शिविर नै राखेर स्वास्थ्य सेवा दिइएको अस्पतालले जनाएको हो ।

Siruwa_Bedanta 2

गर्मी बढी भएर बेहोस हुने, रिङटा लाग्ने, वाकवाकी हुने जस्ता समस्याहरू देखिन सक्छन् । प्रेसर बढेर मानिस बेहोस हुने समस्या पनि हुन्छ । यस्तो अवस्थामा भिडभाडबाट सुरक्षित अस्पताल सम्म पुर्‍याउन नसक्दा अकालमै मृत्यु पनि हुने उच्च जोखिम हुने अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए ।

Siruwa_bedanta 3
मानवीय सेवामा सर्मप्रति भएर अस्पतालले निःशुल्क रूपमा स्वास्थ्य शिविर राखेको श्रेष्ठले जानकारी दिए । वैशाख १ गतेबाट सुरुबाट सुरु स्वास्थ्य शिविर जहाँ जहाँ ग्रामथानका मेलाहरू लाग्ने गर्दछ त्यहाँ त्यस ठाउँका व्यवस्थापन समितिसँगको समन्वयमा सेवा दिने उनले जानकारी दिए ।

Siruwa_Bedanta 5
हाल सम्म ८ दिन लगातार शिविर राखेर उपचार सेवा प्रदान गरिसकेको उनले जानकारी दिए । स्वास्थ्य शिविरमा सुगर, प्रेसर लगायत साथै अन्य औषधी वितरण गरिने गरिएको छ । साथै अन्य कुनै पनि ठुलो स्वास्थ्य समस्या देखा परे तत्काल अस्पताल लाने सहितको व्यवस्था गरिएको प्रबन्धक श्रेष्ठले जानकारी दिए ।