इटहरी । अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार न्यूनिकरणका लागि सुनसरीका साथी शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । बढ्दो अनलाईन बालयौन दुव्र्यवहारका घटनालाई न्यनिकरण गर्न बालबालिकाका सहयोगी साथी शिक्षकलाई प्रशिक्षण प्रदान गरिएको हो ।
भ्वाईस अफ चिल्डे«नले साथी शिक्षकहरुलाई अनलाईन तथा सामाजिक सञ्जाल मार्फत कसरी बालयौन दुव्र्यवहार हुन्छ,त्यसबाट बालबालिकाहरुलाई कसरी जोगाउने विषयमा प्रशिक्षण दिएको हो ।
विभिन्न गाउँ तथा वडाका बालबालिकाहरुका सहयोगी शिक्षक हुने साथी शिक्षकहरुलाई शिक्षित गराउँदै घटना न्यूनिकरण गर्न प्रशिक्षण कार्यक्रम गरिएको भ्वाइस अफ चिल्डे«नकी साइवर सेफ्टी कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी दिईन ।
सहभागी साथी शिक्षकले आफुहरुले सिकेको कुराहरु आफ्नो वडा वाल संञ्जाल, वाल क्लव, विद्यालयहरुमा पुगेर सहजिकरण गर्ने बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा सुनसरीका इटहरी उपमहानगरपालिका,देवानगंज गाउँपालिका र गढी गाउँपालिकाका साथी शिक्षकहरुको सहभागिता रहेको थियो ।