सुनसरी - इटहरीमा कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा इटहरी रंगशाला सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्घघाटन गरे ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १२ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन हुने प्रतियोगिताबाट छानिएका खेलाडीले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन ।

 बुधबार समापन हुने छनौट प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई सोही दिन काठमाण्डौका लागि बिदाई गरिने वाग्लेले बताए । कोशी प्रदेशबाट छनौट भएका १ सय ११ जना खेलाडी र पदाधिकारीलाई काठमाण्डौ पठाइने वाग्लेले बताए ।