सुनसरी । सेवा बिस्तारलाई तिब्रता दिएको इटहरी अस्पतालले शुक्रबारबाट २४ सै घण्टा उपचार हुने ब्यवस्था मिलाएको छ । यसअघि २०७६ साउन १५ गतेदेखी २४ सै घण्टा आकस्मिक सेवा सुरु गरेको अस्पतालले शुक्रबारबाट ल्याब, फार्मेसी, एक्सरे र बहिरंग सेवा समेत सुचारु गरेको छ ।
२४ सै घण्टाका लागि बिस्तार गरिएको उक्त सेवाको नगरप्रमुख हेमकणर् पौडेलले उद्धघाटन गरेका छन । अस्पतालमा सेवा बिस्तार भएसंगै स्थानियलाई सामान्य उपचारका लागि अब धरान र बिराटनगर धाउनुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ । इटहरी उपमहानगरले अस्पतालको सेवा सुबिधा बिस्तारलाई प्राथमिकता राखेको नगरप्रमुख पौडेलको भनाई छ ।
अस्पतालमा अहिले दैनिक ४ जना बिशेषज्ञ डाक्टर तथा ६ जना मेडिकल अधिकृतहरुले विरामी जाच गर्न थालेपछि उपचारका लागि आउने विरामीको चाप समेत बढेको अस्पताल प्रमुख गौतमले बताए । इटहरी अस्पतालले यसअघि नै २४ सै घण्टा १५ शैयाबाट आकस्मिक सेवा दिईरहेको र नया बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि थप शैया बिस्तार गर्ने बताइएको छ ।