इटहरी । थारु कल्याणकारीणी सभा इटहरीले सिरुवा तथा जुरसितलको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

इटहरी ५ स्थित लायन्स क्लबमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले थारु समुदायको ठुलो पर्व सिरुवा तथा जुरसितल धार्मिक तथा साँस्कृतिक महत्वको बारेमा चर्चा गरिएको थियो । 

वक्ताहरुले शुभकामना दिदैँ नयाँ बर्षमा मनाईने सिरुवा पर्व र जुरसितलले थारुको संस्कृतिलाई जोगाएर राखेको बताए 

प्रत्येक बर्ष चैतको अन्तिम दिन नयाँ बर्षको स्वागत गर्न थारुहरुले गाउँ तथा ग्रामाथानहरुको लिपपोत सरसफाई गरेर पुजा मनाईने पर्व नै सिरुवा पर्व भएका थारु कल्याणकारी इटहरी नगर समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीले जानकारी दिए । 

यस्तै जुरसितल भन्नाले नयाँ बर्षको पहिलो या दोस्रो दिन आफु भन्दा ठुलाको चरण(पाउ)मा जल चढाएर आशीर्वाद लिने कार्यलाई जुरसितल भनिने उनले प्रस्ट पारे । 

कार्यक्रममा प्रमुख अथिती इटहरीका मेयर हेमकर्ण पौडेललाई थारु जातिलाई पहिलो जाति घोषणा गरेको भन्दै थारु जतिको पहिरन पहिर्याइएको थियो । 

कार्यक्रममा शुभकामना व्यक्त गर्दै थारु समुदायका लागि अझ विभिन्न कार्यक्रम ल्याउने तयारी भईरहेको जानकारी दिए । मेयर पौडेलले गत बैशाख ४ गते थारु कल्याणकारी सभाको अधिवेशनबाट चयन भएको नयाँ समितीलाई सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै इटहरी उपमहानगरकी उपमेयर संगिता चौधरीले सिरुवा पर्व तथा जुरसितलको अवसरमा शुभकामना व्यक्त गरिन् । 

कार्यक्रममा थारु जातिको सँस्कृति झल्किने नृत्य तथा विभिन्न झाँकीहरु प्रस्तुत गरीएको थियो ।

कार्यक्रममा थारु कल्याणकारी सभा केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरी, केन्द्रीय सदस्य उर्मिला चौधरी लगायत इटहरीका जनप्रतिनिधीहरुले सिरुवा र जुरसितलको शुभकामना व्यक्त गरेका थिए ।।