इटहरी । इटहरी ६ स्थित पश्चिमलाईमा रहेको ओम साई मनकामना आरोग्य सेन्टर प्रालीले दैनिक विशेषज्ञ डाक्टरबाट बिरामीलाई उपचार सेवा उपलब्ध गराउन थालेको छ ।अस्पतालमा डा प्रह्लाद न्यौपानेको प्रत्येक दिन दिउँसो साँढे १ बजेदेखि सेवा दिँदै आएका छन् । उनी वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ हुन् ।
अस्पतालमा हाड तथा नशा सम्बन्धी रोगको उपचार सेवा डा सन्दीप अधिकारीले दिँदै आएका छन् । उनको सेवा हरेक दिन बिहान र बेलुका उपलब्ध हुने गरेको छ । उनी वरिष्ठ हाडजोनी नशा तथा बाथ रोग विशेषज्ञ हुन् ।
ओम साई मनकामना आरोग्य सेन्टरमा डा प्रबिद गजुरेले हरेक दिन बिहान ८ बजेदेखि र दिउँसो १ बजे देखि उपचार सेवा दिने गर्छन् । उनी .नाक, कान, घाँटी रोग विशेषज्ञ डा हुन् । अस्पतालमा छाला तथा यौन रोगको समेत उपचार हुने गरेको छ ।
अस्पतालका सञ्चालक हिरा श्रेष्ठका अनुसार डा. नीरज खड़कले प्रत्येक दिन छाला तथा यौन रोगेको उपचार गर्दै आएका छन् । उनी वरिष्ठ छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य रोग विशेषज्ञ हुन् ।उनलाई प्रत्येक दिन बिहान ८०० बजे र दिउँसो १ः०० बजेदेखि अस्पतालमा भेट्न सकिन्छ
यसै गरी डा वरिष्ठ फिजिसियन (पेट, छाती रोग विशेषज्ञ). बद्रीप्रसाद उपाध्याय (दाहाल)को सेवा समेत प्रत्येक दिन अस्पतालमा रहने गरेको छ ।
अस्पतालमा डा. प्रदीप पाण्डे अल्ट्रासोनोलोजिष्ट (ग्क्न्) भिडियो एक्स–रे तथा जनरल फिजिसियनको सेवा समेत प्रत्येक दिन सेवा उपलब्ध हुँदै आएको छ ।यो सेवा शनिवार बाहेक हरेक दिन बिहान १० बजेदेखि २ बजे सम्म उपलब्ध हुँदै आइरहेको श्रेष्ठले बताए ।अस्पतालमा डा. झकवाल अहमदले मूत्र थैली प्रोस्टेट, किड्नी रोग विशेषज्ञ को सेवा प्रत्येक शनिवार साँढे ४ बजे उपलब्ध गराउँदै आएका छन् । उनी वरिष्ठ युरोलोजिष्ट हुन् ।
यस्तै वरिष्ठ टाउको तथा नसा रोग विशेषज्ञ डा. डिल्लीराम काफ्लेको सेवा प्रत्येक शनिवार बिहान बिहान साँढे बजे देखि उपलब्ध हुने गरेको छ । अस्पतालमा इन्डोक्राइनोलोजी वरिष्ठ सुगर डाइबेटिजा थाईराइड हर्मोन रोग विशेषज्ञ डा. प्रताप कुमार रोयले शनिवार ११ बजेदेखि उपलब्ध गर्राँदै आएका छन् ।
यसै गरी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. एस. घिमिरेको सेवा प्रत्येक महिनाको १६ गते प्रदान हुँदै आइरहेको छ भने वरिष्ठ पायल्स (बबासिरा फिस्टुला (भगन्दर फिसर रोग विशेषज्ञ डा. राजीव घिमिरे प्रत्येक महिनाको २२ गते काठमाण्डौबाट इटहरीमा रहेको ओम साई मनकामना आरोग्य सेन्टर प्रालीमा सेवा दिन उपलब्ध हुने गरेका छन् ।
यसै गरी डा. विनोद मिश्रा वरिष्ठ सेक्सोलोजिस्ट यौन रोग निसन्तान पन उपचार एवम् परामर्श सेवा प्रत्येक महिनाको २० गते काठमाण्डौबाट इटहरी आउने गरेका छन् ।
त्यसै गरी वरिष्ठ हाडजोर्नी नसा तथा वायु रोग विशेषज्ञ डा सुरज दाहालको सेवा प्रत्येक दिन ९ः३० बजेदेखि २ः३० बजे सम्म , वरिष्ठ मानसिक तथा स्नायु रोग विशेषज्ञ डा प्रिथी बहादुर राई प्रत्येक शनिवार ७.३० बजे, वरिष्ठ डेन्टल सर्जन रोग विशेषज्ञ डा विश्वनाथ मण्डल प्रत्येक दिन बिहानदेखि बेलुकासम्म र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा समा गुप्ताको सेवा प्रत्येक दिन बिहान र बेलुका अस्पतालमा उपलब्ध हुँदै आइरहेको छ ।
अस्पतालमा एक्स रे , भिडियो एक्स रे र ल्याबको सुविधा समेत समेत रहेको छ ।